एमाले पोलिटब्युरो बैठक सुरु, कर्ण थापा कसरी प्रस्तुत होलान्

काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ । आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना हुने दोश्रो विधान महाधिवेशनको तयारीका लागि पोलिटब्युरो बैठक आयोजना गरिएको हो । 

बैठकमा बिहीवार बसेको सचिवालयलय बैठकले तय गरेका एजेण्डामा छलफल हुने प्रवक्ता राजेन्द्र गौतमले जानकारी दिए । एमालेको  पोलिटब्युरो ९९ जनाको रहेको छ । च्यासलमा सुरु भएको बैैठकमा उपाध्यक्ष विष्णु पौडेलद्धारा प्रस्तुत विधान संशोधन प्रस्तावमा छलफल हुनेछ । 

पार्टी नेतृत्वसँग फरक मत राख्दै आएका नेता स्थायी कमिटी सदस्य कर्ण थापा सुन्न लायक हुने एमाले श्रोतले बताएको छ । बिहीवारको सचिवालय बैठकका एजेण्डाबारे थापाले व्यापक असन्तुष्टी व्यक्त गरिरहेका छन् । 

Share News