हिमालयन बैंकबाट एकैपटक ९ जना संस्थापक बाहिरिँदै

काठमाडौं । हिमालयन बैंकबाट एकैपटक ९ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । बैंकका ९ जना संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्री गरेर बाहिरिने भएका हुन् ।

बैंकका अनुसार सुरक्षा सिजापतिले आफ्नो स्वामित्वमा रहेको ११ हजार १५६ कित्ता, ज्योति कुमार बेगानीले ७४ हजार ७५ कित्ता, नारायण श्रेष्ठले ४ हजार कित्ता, सावित्री देवी अग्रवालले २६ हजार ४५४ कित्ता सेयर बिक्रीमा राखेका हुन् । 

यस्तै, चिरञ्जीवि लाल अग्रवालले ३ हजार १७१ कित्ता, मैयाँ श्रेष्ठ बस्नेतले ५ हजार १४१ कित्ता, रामकाजी सिलवालले २३ हजार ८९६ कित्ता, प्रेम काजी खाइजुले २८ हजार ६७६ कित्ता र गोपाल श्रेष्ठले २८ हजार ६७६ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।  

बैंकको उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीहरूले खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । 

बैंकका अनुसार संस्थापक सेयरको मूल्य बिक्रेता अनुसार फरक फरक रहेकाले मूल्य तथा अन्य जानकारीका लागि बैंकको कानुन विभागमा सम्पर्क गर्नुपर्नेछ ।
 

Share News