लिलाम सम्पत्ति खरिद गर्न चाहनुहुन्छ ? एनआईसी एशिया बैंकको डिजिटल पोर्टलमा हेर्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकको स्वामित्वमा रहेका बैंकिङ तथा गैर-बैंकिङ सम्पत्ति र धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी दिने उद्देश्यले एक अनलाइन पोर्टल सार्वजनिक गरेको छ ।

यस पोर्टलमार्फत बैंकले लिलाम बिक्रीमा ल्याइएका सम्पत्तिहरूको विवरण जस्तै कित्ता नम्बर, क्षेत्रफल, सम्पत्तिको फोटो, नक्सा, र लोकेशन (गुगल म्यापसहित) सहज रूपमा हेर्न सकिने व्यवस्था गरिएको छ ।

लिलाम सूचना प्रकाशनमा रहेको त्तच् कोड स्क्यान गरेर सो पोर्टलमा पहुँच गर्न सकिनेछ । त्यहाँबाट इच्छुक व्यक्तिले सम्पत्तिबारे थप जानकारी आवश्यक भएमा म्यासेज बक्समा आफ्नो नाम, इमेल, मोबाइल नम्बर र ठेगाना लेखी सोधपुछ गर्न सक्ने सुविधा समेत राखिएको छ ।

बैंकले सञ्चालनमा ल्याएको उक्त पोर्टलमा नियमित रूपमा लिलामसम्बन्धी सम्पूर्ण सूचना अद्यावधिक गरिनेछ। यसले बैंकिङ सम्पत्ति, गैर-बैंकिङ सम्पत्ति तथा धितोमा रहेको सम्पत्तिहरू खरिद गर्न चाहने ग्राहकहरूका लागि अत्यन्त उपयोगी र पारदर्शी माध्यमको रुपमा काम गर्ने बैंकको विश्वास छ ।

एनआईसी एशिया बैंकले डिजिटल माध्यमको प्रयोगद्वारा सम्पत्ति खरिद–बिक्री प्रक्रिया थप प्रभावकारी, पहुँचयुक्त र सहज बनाउन उक्त पहल सार्वजनिक गरेको हो ।

Share News