काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले ‘मेरो पहिलो बचत खाता’ नामक नयाँ बचत योजना सार्वजनिक गरेको छ । विशेषतः वित्तीय पहुँचबाहिर रहेका ग्राहकहरूलाई लक्षित गरी ल्याइएको यस खातामा १०० रुपैयाँको प्रारम्भिक मौज्दात संस्थाकै तर्फबाट जम्मा गरिनेछ ।
वित्तीय समावेशीकरणमा योगदान पुर्याउने उद्देश्यले फाइनान्सले उक्त बचत खाता सञ्चालनमा ल्याएको हो। यस योजना मार्फत आम सर्वसाधारणलाई औपचारिक बैंकिङ प्रणालीमा ल्याउने प्रयास गरिएको फाइनान्सले जनाएको छ ।
मञ्जुश्री फाइनान्सले हालसम्म करिब २२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १८.२ अर्ब रुपैयाँ कर्जा परिचालन गरिसकेको छ । निक्षेपमा आकर्षक ब्याजदर र कर्जामा सुलभ दर प्रदान गर्दै आएको फाइनान्सले ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकता दिँदै आएको छ ।
हाल फाइनान्सले २७ ओटा शाखा र एक विस्तारित काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ । १ लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई सेवा दिँदै फाइनान्सले आफ्ना बैंकिङ सेवा सुलभ र गुणस्तरीय बनाउँदै लगेको जनाएको छ ।