७१ हजारले पाए राप्ती हाइड्रोको ५४ लाख २३ हजार कित्ता हकप्रद सेयर

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको हकप्रद सेयर बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटलका अनुसार कम्पनीको हकप्रद सेयर असार ३२ गते बाँडफाँट गरिएको हो । 

कम्पनीको हकप्रद सेयरमा ७१ हजार ६५ जनाले रितपूर्वक आवेदन दिएका थिए । रितपूर्वक आवेदन दिएका आवेदकलाई ५४ लाख २३ हजार ८२७ कित्ता सेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीले असार १ गतेदेखि असार २४ गतेसम्म चुक्ता पुँजी ६१ करोड २७ लाख ९३ हजार ८ रुपैयाँको १ सय प्रतिशत तथा १ कित्ता सेयर बराबर १ कित्ता अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर जारी गरेको थियो । 

साथै आफ्नो कायम हक भन्दा बढी सेयर माग गरी आवेदन दिएका हकमा बाँडफाँटमा नपरेका सेयर वापतको रकम साउन २ गतेदेखि आईपीएस मार्फत सम्बन्धित आवेदकहरूको बैंक खातामा रकमान्तर गरिने कम्पनीले जनाएको छ । 

Share News