१४ अर्बको कारोबार, १९३ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३७ अंकले बढेर २७ सय ९७ बिन्दुमा पुगेको हो ।

आज १९३ कम्पनीको सेयर मूल्य बढ्दा ५५ कम्पनीको सेयर मूल्य घटेको छ । 

बुधबार ३३० कम्पनीको ४ करोड कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार बुटवल पावर कम्पनीको भएको छ । बुटवलको ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै, राधी विद्युत कम्पनीको ५६ करोड, सानिमा माइ हाइड्रोको ३९ करोड, लुम्बिनी बिकास बैकको ३४ करोड र साहस ऊर्जाको ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज २ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । १०% केबीएल डिबेन्चर र थ्री स्टार हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
 

Share News