काठमाडौं । शुक्रबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
गभर्नर पौडेलले सार्वजनिक गरेको करिब २५ मिनेटको मौद्रिक नीतिको अन्तिममा भने उनले आफू राजनीतिक दलको कार्यकर्तासहर जय नेपाल भन्न भ्याए ।
उनले मौद्रिक नीति सार्वजनिक गर्दै अन्तिमममा भने, ‘मौद्रिक नीतिमा व्यवस्था गरेका नीति तथा कार्यक्रमहरुको कार्यान्वयनमा सदाझैं सहयोग रहने विश्वास लिएको छु, धन्यवाद, जय नेपाल ।’
उसो त उनलाई नेपाली कांग्रेसको नेताको ट्याग लागेको छ । त्यसलाई उनले सहर्ष स्वीकार पनि गर्दै आएका छन् । परिणामतः शुक्रबार गभर्नरका रुपमा मौद्रिक नीति सार्वजनिक गर्दा पनि ‘जय नेपाल’ भन्न हिचकिच्याएनन् ।
‘जय नेपाल’ नेपाली कांग्रेसको अभिभावदनको भाषा हो ।