काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति १२:२० बजे सार्वजनिक गर्ने घोषणा गरेको छ ।
राष्ट्र बैंकले एक सूचना सार्वजनिक गर्दै मौद्रिक नीति १२:२० बजे राष्ट्र बैंकको युटुब च्यानल र फेसबुक पेज तथा नेपाल टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हुने घोषणा गरेको हो ।
गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्नेछन् ।
आज बिहान राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बसेको थियो । बैठकले मौद्रिक नीतिलाई पारित गरिसकेको छ ।
बोर्डले मौद्रिक नीति पारित गरेपछि गभर्नर पौडेलले आजै १२:२० बजेका लागि मौद्रिक नीति सार्वजनिक गर्ने समय तोकेका हुन् ।