शिक्षा ऐन कार्यान्वयन र मेरिटमा उपकुलपति नियुक्तिको माग गर्दै नेविसंघ त्रि-चन्द्रको हस्ताक्षर अभियान सुरु

काठमाडौं । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) त्रि-चन्द्र बहमुखि क्यामपस इकाई समितिले शिक्षा ऐनको तत्काल कार्यान्वयन र विश्वविद्यालयमा योग्यता प्रणाली (मेरिटबेस) मा आधारित उपकुलपति नियुक्तिको माग गर्दै दबाबमूलक हस्ताक्षर अभियान सुरु गरेको छ। 

 

लामो समयदेखि राजनीतिक भागबन्डाका आधारमा हुने नियुक्तिल लगायत अन्य पधाधिकारीको नियुक्तिले गर्दा  शैक्षिक तथा प्राज्ञिक वातावरण खस्किएको भन्दै यसको अन्त्यका लागि दबाब दिन अभियान थालिएको नेविसंघ त्री चन्द्रका सभापति अमृत बहादुर शाहीले बताए। 

उनले भने, ‘लामो समयदेखि प्रतीक्षित शिक्षा ऐन अझैसम्म लागू हुन सकेको छैन, जसले समग्र शैक्षिक क्षेत्रलाई नै अलमलमा पारेको छ। अर्कोतर्फ, विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा दलीय भागबन्डाका आधारमा उपकुलपति नियुक्त गर्ने गलत परम्पराले यसको गरिमामाथि नै प्रहार भएको छ। यो विषय देशका सबै विद्यार्थीको  साझा सरोकार विषय हो।’

नेविसंघ त्रि-चन्द्रले सबै संघ , सङ्गठन र क्रियाशील समूहलाई जोडेर  विश्वविद्यालयको उपकुलपतिमा मेरिटोक्रेसी लागू हुनुपर्ने र सबै शिक्षक नियुक्ति खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राख्दै नेपाल विद्यार्थी संघ त्रि-चन्द्र क्याम्पसमा हस्ताक्षर संकलन अभियानले देशभरिका ७० लाखभन्दा बढी विद्यार्थीलाई लाभ हुने विषय भएकाले विधेयकले विभेदकारी शिक्षा नीतिलाई बढवा दिएको, संविधानको मर्म र सङ्घीयताको भावना विपरीत भएकाले शिक्षालाई संविधानले प्रत्याभूत गरेको मौलिक हकअनुसार बनाउनुपर्नेमा जोड दिनुपर्ने शाहीको भनाइ छ । 

 

Share News