काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड र अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडबीच सेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
आइतबार हस्ताक्षर गरिएको सम्झौताबमोजिम अप्पर स्याङ्गे हाईड्रोपावरका सेयर अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने, लगत अद्यावधिकजस्ता सम्पूर्ण काम माछापुच्छ्रे क्यापिटलले गर्नेछ।
सम्झौतापत्रमा माछापुच्छ्रे क्यापिटलका सीईओ उपेन्द्र मालाकार र अप्पर स्याङ्गे हाईड्रोपावरका प्रबन्ध निर्देशक विरबहादुर घलेले हस्ताक्षर गरेका हुन् ।
अबदेखि सम्पूर्ण सेयर रजिष्ट्रार सेवा माछापुच्छ्रे क्यापिटलको बागदरबारस्थित जेडीए कम्प्लेक्सको तेस्रो तलाबाट सञ्चालन हुनेछ।