गभर्नर पौडेलसँग १७ करोड बढीको सम्पत्ति : १४ करोडको सेयर, २ करोडको घर, २७ लाख बचत

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले १७ कराेड बढीकाे सम्पत्ति विविरण सार्वजनिक गरेका हुन् । सार्वजनिक पद धारण गरेपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्थाअनुरूप उनले आफ्नो नाममा रहेको सम्पत्ति सार्वजनिक गरेका हुन् । 

उनले विभिन्न कम्पनीमा संस्थापक सेयरधनी रहेको खुलाएका छन् । उनको उनले सात कम्पनीमा १४ करोड बढी लगानी रहेको घोषणा गरेका छन् । उनले सानिमा बैंक, सानिमा हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रो, ग्लोबेको प्रालि, संयुक्त उर्जा हाइड्रोपावर, चितवन इनर्जी र ग्लोबेको प्रालिमा प्रवर्द्धकका रुपमा कुल १४ करोड ५ लाख ६७ हजार रुपैयाँ सेयर रहेको बताएका छन् । 

यस्तै, पौडेलले  आफ्नो र आफ्नो श्रीमती प्रतिभा शर्मा गरी कुल २० लाख बढी विभिन्न बैंकमा बचत रहेको बताएका छन् भने सानिमा बैंकमा डलर खातामा साढे ५ हजार अमेरिकी डलर रहेको घोषणा गरेका छन् । 

यस्तै, उनले  ४५ तोला सुन, आफ्नो श्रीमती प्रतिभा शर्माको नाममा नवलपरासी र ललितपुरमा घरजग्गा रहेको उल्लेख गरेका छन् । उनले १ करोड ५५ लाख रुपैयाँको ललितपुरको जग्गाको मुल्य उल्लेख गरेका छन् भने नवलपरासीको जग्गाको ६० लाख रुपैयाँ रहेको उल्लेख गरेका छन् । 

उनले श्रीमती शर्माको नाममा ४४ लाख रुपैयाँ बराबरको सुजुकी कार रहेको पनि घोषणा गरेका छन् । 
 

Share News