काठमाडौं । इरानले कतारमा आक्रमण गरेपछि नेपालबाट दोहा उडान हुने हवाई उडान सोमबारदेखि अवरुद्ध भएका छन् । सोमवार राति इरानले कतार स्थित अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार गरेपछि उक्त क्षेत्रको महत्त्वपूर्ण केन्द्र रहँदै आएको दोहाको विमानस्थलको सञ्चालन केही बेर रोकिएको थियो । त्यसको असर नेपालमा पनि परेको छ ।
नेपालबाट कतार जान तयार रहेका यात्रुहरू विमानस्थलमा अलपत्र परेका छन् । सबैभन्दा बढी व्यस्त हुने दुबईको विमानस्थल सोमबार साँझदेखि सुस्त रुपमा चलिरहेको छ । उडान सेवामा ढिलाइ तथा केही उडान नै रद्द हुन भइरहेका छन् ।
नेपाल एयरलाइन्सको विमान सोमबार राति ११ बजे दोहा उड्ने तालिका थियो । तर, कतारमा आक्रमण भएपछि उडान रद्द गरिएको थियो । हाल दोहामा हवाई मार्ग खुलाइएको र अवस्था शान्त बन्दै गएकोले १२ बजेका लागि उडान तय गरिएको बताइएको छ । यसले यात्रुहरू अलपत्र परेका छन् भने हवाई भाडा पनि महँगो पर्ने देखिन्छ ।
कतिपय यात्रुले नियमित उडान रद्द भएपछि विकल्पको रुट प्रयोग गरिरहेका छन् । विकल्पको रुट प्रयोग गर्दा भाडा महँगो पर्ने बाध्यता यात्रुले बेहोरिरहेका छन् ।
अहिले रुस-युक्रेन द्वन्द्वका कारण पनि धेरैजसो विमान सेवा बन्द छन् ।