नेपाल बैंकका कर्मचारी र ग्राहकलाई स्लाभिका आईभीएफ सेन्टरमा उपचारमा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र स्लाभिका आईभीएफ एण्ड रिसर्च सेन्टरबीच छुटसम्बन्धी सेवा सम्झौता भएको छ । अब नेपाल बैंकका कर्मचारी तथा खाता रहेका ग्राहकहरूले स्लाभिका आईभीएफ एण्ड रिसर्च सेन्टर, सिनामंगलमा उपचार गर्दा विशेष छुट पाउने भएका छन् ।

सम्झौताअनुसार बैंकका कर्मचारी र ग्राहकहरूले अस्पतालका विभिन्न सेवामा १० देखि २० प्रतिशतसम्म छुट पाउनुका साथै केही सेवामा १०० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् ।

सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र आईभीएफ सेन्टरका तर्फबाट अध्यक्ष अजय जंग कुँवरले हस्ताक्षर गरेका हुन् ।

यो सहकार्यले बैंकका सेवा–ग्राही र कर्मचारीलाई स्वास्थ्य सेवामा थप सहजता पुग्ने विश्वास लिइएको छ।

Share News