नेप्सेमा सामान्य सुधार, १२३ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ अंकले बढेर २६०० विन्दुमा पुगेको छ ।

आज १२३ कम्पनीको सेयर मूल्य बढ्दा १२४ कम्पनीको सेयर मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

सोमबार ३२५ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ५२ करोड रुपैयाँ बराबरको करोबार भएको छ ।

साथै, बुटवल पावर कम्पनीको ४२ करोड, न्यादी गुप्रको ३३ करोड, सानीमा माइ हाइड्रोको २८ करोड र हिमालयन पावर पार्टनरको २६ करोड रुपैयाँको कारोबार भएको छ ।

आज जोशी हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
 

Share News