इनड्राइभ नेपालको ‘प्लाटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु

काठमाडौं । इनड्राइभले नेपालमा ‘प्लाटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेनको सुरुवात गरेको छ । अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रिया पछि यस पटक अभियानलाई अझ बढी परिष्कृत बनाउने वाचा गर्दै प्लेटिनम ड्राइभर्स गिभअवे सुरुवात गरेको हो । 

इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेषरूपमा सम्मान र पहिचान गर्न यो क्याम्पेन ल्याएको हो । ग्रान्ड प्राइजमा ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी कार, टिभीएस रेइडर मोटरसाइकल र प्रिमियम हाई–इण्ड ग्याजेटहरू रहेका छन् ।

जुन १६ देखि जून २२, २०२५ सम्म, चालकहरूले प्लाटिनम स्ट्याटस प्राप्त गर्न र गिभअवे क्याम्पेनमा प्रवेश गर्नका लागि योग्य हुन ३५ ओटा राइड पूरा गर्नुपर्नेछ ।

जुन २३, २०२५ देखि  इनड्राइभ चालकहरूले विक्ली च्यालेन्जेजको सिरिजमा भाग लिने मौका पाउनेछन्, प्रत्येक हप्ताको उनीहरूले विशेष पुरस्कारहरू जित्ने अवसर प्राप्त गर्नेछन् । 

जुन २३ देखि जुलाई १३ सम्मको विक्ली च्यालेन्जेजमा प्लेटिनम स्ट्याटस प्राप्त गर्ने चालकहरू साप्ताहिक पुरस्कारहरूको लागि मात्र नभई ग्रान्ड प्राइजको लागि पनि योग्य हुनेछन् ।

जसमा क्याब ९ट्याक्सी० चालकहरूको लागि टाटा एक्सप्रेस–टी इभी र बाइक राइडरहरूको लागि टीभीएस रेइडर मोटरसाइकल रहेको छ ।

क्याम्पेन तीन हप्तासम्म आयोजना हुनेगरी डिजाइन गरिएको छ । प्रत्येक हप्ता विजेताहरूको घोषणा गरिने र जुलाई १७, २०२५ मा ग्राण्ड विनरको घोषणा गरिनेछ।

पुरस्कारहरू

टाटा एक्सप्रेस–टी इभी (क्याब श्रेणीको ग्रान्ड प्राइज)​​​​​​​

टीभीएस रेइडर  मोटरसाइकल (बाइक श्रेणीको ग्रान्ड प्राइज)

स्मार्टफोनः १५ वटा​​​​​​​​​​​​​​

स्मार्टवाचः ३० वटा

इयरबड्सः ३० वटा

साप्ताहिक पुरस्कार (५ स्मार्टफोन, १० स्मार्टवाच, १० इयरबड)

​​​​​​​ग्रान्ड प्राइजको लागि योग्य हुन, चालकहरूले क्याम्पेनको तीनै हप्ताको लागि प्लेटिनम स्ट्याटस मेन्टेन गर्नुपर्नेछ । 

कुनै पनि हप्तामा प्लेटिनम स्ट्याटस प्राप्त गर्ने चालकहरूलाई साप्ताहिक पुरस्कार विजेतामा सहभागी गराइनेछ।

Share News