काठमाडौं । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ५ र ७ को बीच भागमा रहेको रोशी खोलामा फसेका ५ जनाको असार ५ गते सकुशल उद्धार भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा बेस पनौतीबाट सशस्त्र प्रहरी नायव निरीक्षक भीमसेना केसीको कमाण्डमा खटिएको सुरक्षा फौजसँगै नेपाली सेना र नेपाल प्रहरीसहितको टोलीले उद्धार गरेको हो ।
ढुंगा संकलन गएका उनीहरू खोलामा पानीको बहाव बढेपछि बीच भागमा फसेका थिए । उनीहरूले प्रयोग गर्दै गरेको १ वटा जेसीबी र १ वटा टिपरसमेत फसेको थियो ।