काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ अंकले बढेर २६५८ बिन्दुमा पुगेको छ ।
आज १२४ कम्पनीको मूल्य बढ्दा १२४ कम्पनीको मूल्य घटेको छ ।
सोमबार ३१८ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सानिमा माइ हाइड्रोको भएको छ । सानिमाको ९५ करोड रुपैयाँ बरारबरको कारोबार भएको छ ।
साथै, न्यादी गुप्रको ९० करोड, बुटवल पावरको ५८ करोड, सिगंटी हाइड्रो इनर्जीको ५७ करोड र राधी विद्युतको ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज पियोर इनर्जी र पिपुल्स पावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।