गाउँ गाउँमा चलचित्र हल बन्नुपर्छ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व नाथ पौडेलले गाउँगाउँमा चलचित्र हल बन्नुपर्ने बताएका छन् । शुक्रबार आइएमई लिमिटेडको २५ औं वार्षिकोत्सवकाे अवसरमा उनले सो बताएका हुन् ।

कार्यक्रममा गभर्नर पौडेलले बजेटमा पनि गाउँ गाउँमा चलचित्र हल खोल्ने वातावरण बनाउन अर्थमन्त्रीलाई सुझाव दिएको बताए । 

त्यस्तै, उनले अप्ठ्यारो स्थितिमा पनि उद्यमी जन्मिनु पर्छ भन्ने उल्लेख गरे ।

‘गाउँबाट आएको मान्छेले पनि सहज रूपमा व्यवसाय गर्न सकोस्,’ उनले भने,‘जोखिम रहेको बेला वा राजा वीरेन्द्र मारिएको समयमा व्यवसाय गर्न कठिन अवस्थामा सुरुवात गरेको हुँदा सफल हुन सकेको छ ।’

Share News