सेयर बजारमा १९६ कम्पनीको मूल्य बढ्यो, १० अर्बको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५ अंकले बढेर २६७९ बिन्दुमा पुगेको छ । 

आज १९६ कम्पनीको सेयर मूल्य बढ्दा ५२ कम्पनीको सेयर मूल्य घटेको छ । 

मंगलबार ३११ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा १० अर्ब १६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको भएको छ । हाइड्रोइलेक्ट्रिसिटीको ५८ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

साथै, अरुण काबेलीको ५३ करोड, राधी विद्युतको ४६ करोड, सानीमा माइ हाइड्रोको ४४ करोड र न्यादी गुप्रको ४२ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

आज पीयोर इनर्जी र श्री इन्भेष्टमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

Share News