दरबारमार्गमा खुल्यो स्केचर्सको पहिलो आधिकारिक स्टोर, असोजभित्र सिभिल मलमा पनि

काठमाडौं । विश्वप्रसिद्ध अमेरिकी फुटवेयर ब्रान्ड स्केचर्स नेपालमा पनि विस्तार योजनाका साथ अघि बढेको छ । कम्पनीले शुक्रबारबाट काठमाडौंको दरबारमार्गमा पहिलो आधिकारिक एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको हो । हालको लागि यो नेपालमा रहेको एकमात्र आधिकारिक स्केचर्स स्टोर भएको कम्पनीले जनाएको छ ।

उक्त स्टोरमा २०२५ सिजनका नवीनतम संग्रहहरू सहित एक्सक्लुसिभ इनलाइन उत्पादनहरू समेत राखिएको कम्पनीको भनाइ छ ।

नेपालमा आफ्नो सञ्जाल विस्तार गर्दै जाने योजना अनुसार स्केचर्सले अर्को महिना कमलपोखरीस्थित सिटी सेन्टरमा दोस्रो स्टोर खोल्ने तयारी समेत गरेको कम्पनीले जनाएको छ । 

यसका साथै आगामी असोजभित्रै सिभिल मलमा सबैभन्दा ठूलो फ्ल्यागसिप स्टोर सञ्चालनमा ल्याउने कम्पनीको योजना रहेको छ ।

यसबारे जानकारी दिँदै कम्पनीका एमडी विश्वास थोकरले नेपालमा स्केचर्सको सम्पूर्ण रिटेल अनुभव प्रस्तुत गर्न पाउँदा खुसी भएको बताए ।
 

Share News