काठमाडौं । सरकारले सय वटा विद्यालय शैक्षिक नतिजामा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै प्रत्येक जिल्लामा कम्तीमा एक विद्यालय पर्ने गरी सय वटा विद्यालयमा कार्यक्रम सञ्चालन गरिने बताए ।
यस्ता विद्यालयले अन्य विद्यालयको नतिजा सुधारका लागि सहयोग गर्ने जनाइएको छ । यस कार्यक्रमका लागि प्रति विद्यालय २५ लाख विनियोजन गरिने भएको छ ।