गुणस्तरमा ‘नो कम्प्रोमाइज’ : शिवम् सिमेन्टको जनचेतनामूलक अभियानको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धताका साथ सञ्चालन गर्दै आएको ‘नो कम्प्रोमाइज’ ब्राण्ड अभियानको दोस्रो संस्करण सार्वजनिक गरेको छ ।

‘नो कम्प्रोमाइज’ को बाचा गर्न सजिलो हुँदैन, तर जसले गर्छ उसको शिर सधैँ ठाडो हुन्छ भन्ने सन्देशसहित सुरु गरिएको यो अभियानले शिवम् सिमेन्टको गुणस्तरप्रतिको अडानलाई अझ बलियो बनाउँदै सामाजिक सन्देशसमेत पस्केको छ ।

शिवम् सिमेन्ट स्थापना कालदेखि नै ओपीसी सिमेन्ट मात्र उत्पादन र वितरण गर्दै आएको छ । ‘गुणस्तरको पहिचान हो शिवम्’, ‘भरोसा अटुट सम्बन्धको’ जस्ता नाराहरूले ब्राण्डको विशिष्ट पहिचान बनाएका छन् ।

सिमेन्ट क्षेत्रमा लाइफटाइम ब्रान्ड एक्सिलेन्स अवार्ड प्राप्त गर्ने पहिलो ब्रान्ड बनेको शिवम् सिमेन्टले, पछिल्लो पटक सार्वजनिक गरेको टिजर भिडियोले चलचित्रको ट्रेलरजस्तै सिनेम्याटिक प्रभाव दिएका कारण दर्शकमाझ उत्सुकता बढाएको थियो । पहिलो विज्ञापन भिडियोमा ट्राफिक प्रहरीको कर्तव्यमा सम्झौता नगर्ने प्रतिबिम्बमार्फत शिवम् सिमेन्टले पनि गुणस्तरमा कुनै सम्झौता गर्दैन भन्ने सन्देश दिएको छ ।

शिवम् सिमेन्टका अनुसार यस अभियान अन्तर्गत विभिन्न सामाजिक सन्देश बोकेका अरू भिडियो सामग्रीहरू पनि तयार भइसकेका छन्, जुन क्रमशः सार्वजनिक गरिँदै जानेछन् ।

यसअघि सञ्चालन गरिएको ‘नो कम्प्रोमाइज’ अभियान अत्यन्त लोकप्रिय बनेको थियो । शिवम् सिमेन्टले केवल आफ्नो उत्पादनको प्रचार मात्र नगरी, सामाजिक मूल्य र जिम्मेवारीमा केन्द्रित सामग्री प्रस्तुत गर्दै जनचेतनामूलक अभियानलाई निरन्तरता दिँदै आएको छ ।

शिवम् सिमेन्टको यो अभियानले गुणस्तर र सामाजिक उत्तरदायित्व दुवैलाई सँगै बोकेको उदाहरणीय प्रयासका रूपमा लिइएको छ ।

Share News