बङ्गलादेशको हाउल्याडर युनुसले १० ठूला बैंकको लेखापरीक्षण गर्ने

काठमाडौं । बङ्गलादेशको हाउल्याडर युनुस एन्ड कम्पनीले नेपालका १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्ने भएको छ । १० वाणिज्य बैंकहरूको लेखापरीक्षण गर्न बङ्गलादेशको हाउल्याडर युनुस अडिट (लेखापरीक्षण) फर्म छनोट भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको शर्तअनुसार १० वटा बैंकको लेखापरीक्षण गर्न राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी उक्त कम्पनी छनोट गरेकाे हो । लेखापरीक्षकको योग्यता, अनुभव र क्षमताका आधारमा छनोट गरिएको राष्ट्र बैंकले जनाएको छ । 

यसअघि १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेज प्रालि छनोट भएको थियो । तर, लागत बढी भनेपछि कम्पनीको प्रस्ताव राष्ट्र« बैंकले रद्द गरी पुनः बोलपत्र आह्वान गरेको थियो । 

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको शर्तअनुसार बैंकहरूले कुन क्षेत्रमा कति कर्जा प्रवाह गरेका छन् र लोन पोर्टफोलियो रिभ्यूको अध्ययन गर्न लेखापरीक्षण गर्न लागेको हो ।


 

Share News