बालकल्याण आधारभूत विद्यालयलाई नेपाल एसबिआई बैंकको शैक्षिक सामाग्री सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकले कास्कीको बालकल्याण आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कास्कीको पोखरा महानगरपालिका-२५ स्थित बालकल्याण आधारभूत विद्यालय, हेमजामा अध्ययनरत विद्यार्थीहरूलाई स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको हो ।

बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम कुमार तिवारीले बालकल्याण आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई एक कार्यक्रममार्फत् उक्त सामाग्री हस्तान्तरण गरे । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको सीईओ तिवारीले बताए ।

विगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १८ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेको उनले जानकारी गराए ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णु देव यादव, सहायक महाप्रबन्धक अर्जुन नेपाल, प्रमुख कर्जा अधिकृत रोशन कोइराला र बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरू समेतको उपस्थिति रहेको थियो ।

Share News