गभर्नर पौडेलले सर्वोच्च अदालत पुगेर लिए सपथ, पदभारका लागि पुगे राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सपथ लिएका छन् । उनले सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग सपथ लिएका हुन् ।

राष्ट्र बैंक ऐनमा गभर्नरले प्रधानन्यायाधीशबाट सपथ लिनुपर्ने व्यवस्था छ । पौडेल सपथ ग्रहणसँगै पदभार ग्रहण गर्न राष्ट्र प्रस्थान गरेका छन् । 

उनलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा नियुक्त गरेको थियो । उनीसँगै तीन जनाको नाम सिफारिस भएको थियो । 

Share News