काठमाडौं । नेपाल पर्यटन बोर्डको सदस्यमा नरेन्द्र भट्ट र कुमार थपलिया नियुक्त भएका छन् । बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले भट्ट र थपलियालाई बोर्ड सदस्यमा नियुक्त गरेका हुन् ।
उनीहरुलाई मन्त्रीस्तरीय निर्णयबाट आगामी तीन वर्षका लागि नियुक्त गरेको मन्त्रालयले जनाएको छ । बोर्डको कार्यसमिति ११ सदस्यीय हुने व्यवस्था छ । बोर्डका यसअघिका सदस्य मिलन देवकोटा र मदन आचार्यको पदावधि गत फागुन ६ गते सकिएको थियो ।
थपलिया नेपाल नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल्स एजेण्ट्स (नाट्टा) अध्यक्ष हुन् भने भट्ट पर्यटन व्यवसायी हुन् ।