काठमाडौं । भारतको प्रसिद्ध निरञ्जन अखाडाका परम पूज्य स्वामी कैलाशानंद महाराजले चन्द्रागिरि स्थित भालेश्वर महादेवको दर्शन तथा पूजा आराधना गरेका छन् ।
नेपाल भ्रमणको क्रममा स्वामी कैलाशानंद महाराजले भालेश्वर महादेव मन्दिर पुगेर पूजा गर्दा अत्यन्तै अलौकिक अनुभूति भएको बताए । उनका अनुसार चन्द्रागिरि हिल्सको हरियाली, शान्त वातावरण र काठमाडौं उपत्यकाको मनोरम दृश्यले गहिरो आध्यात्मिक शान्ति प्रदान गरेको छ ।
काठमाडौं बसाइका क्रममा चन्द्रागिरि रिसोर्टमा बसेका स्वामी कैलाशानंदले चन्द्रागिरि हिल्स पर्यटकहरूका लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै प्राकृतिक र धार्मिक महत्त्वले भरिएको यो स्थल सबैलाई लोभ्याउने बताए ।
स्वामी कैलाशानंद सहितको टोलीले केबलकारमार्फत भालेश्वर महादेव मन्दिर पुग्दा यात्रा स्मरणीय बनेको प्रतिक्रिया दिएका छन् ।
नेपाल भ्रमणको क्रममा स्वामी कैलाशानंदले लुम्बिनी केबलकार यात्रा, वसन्तपुरस्थित कामाख्या देवी मन्दिर, रसुवाको गोसाईंकुण्ड र काठमाण्डौंको दक्षिणकाली मन्दिरमा पनि दर्शन तथा पूजा गरेका थिए ।
धार्मिक स्थलहरूको यो यात्रा नेपालका तीर्थ स्थलहरूको महत्व उजागर गर्दै धार्मिक तथा अध्यात्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ।