काठमाडौं । सोक्ला रक क्लाइम्विङ महोत्सव तथा प्रतियोगिता २०८२ को उपाधि सक्सेस लामाले हात पारेका छन् । रक क्लाइम्विङ प्रतियोगितामा लामाले १ मिनेट १५ सकेन्डमा ३० मिटरको रक आरोहण गरेर प्रथम भएका हुन् ।
सोक्ला भ्यालीलाई साहसिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ आयोजना गरिएको तेस्रो रक क्लाइम्बिङ प्रतियोगितामा रोशन रसाइली दोस्रो भएका छन् । उनले १ मिनेट ३० सेकेन्डमा सो दुरी आरोहण गरेका थिए ।
यस्तै, पुजन श्रेष्ठ तेस्रो भएकी छिन् भने सान्त्वना भरत कार्की भएका छन् ।
सोक्लाश्वरी पर्यटन विकास समाजले सोक्ला भ्यालीलाई ‘एडभेन्चर क्लाइम्बिङ हव’को रूपमा प्रवर्द्धन गर्न रक क्लाइम्बिङ महोत्सव तथा प्रतियोगिता गर्दै आइरहेको छ ।
वैशाख २० र २१ गते भएको रक क्लाइम्बिङ प्रतियोगितामा रक क्लामिबङ महोत्सवको अवसरमा हिमाल आरोही, नेपाल स्काउट, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलगरी १०३ जना सहभागी भएको पर्यटन समाजका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिए । उनका अनुसार सोक्ला र चक्पाको बीचमा पर्ने भीर ४२० मिटर उचाइको रहेको छ ।
नेपाल पर्यटन बोर्ड र भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा रक क्लाइम्बिङ महोत्सव भएको हो ।
रक क्लाइम्विङको लागि २५/२५ मिटरको तीन वटा सिंगल पिचको रक रुट तयार गरिएको छ । यसमध्ये एउटा रुटलाई सय मिटरको उचाइमा पुर्याएको माउन्टेन गाइड एसोसिएसन अफ नेपालका अध्यक्ष सञ्जीव गुरुङले जानकारी दिए ।
सोक्ला भ्यालीलाई ‘एडभेन्चर क्लाइम्बिङ हव’को रुपमा विकास गर्न उत्तरी क्षेत्र सिंगटीबाट तामाकोशी नदीमा र्याफ्टिङ गर्ने, गुमडाडाबाट प्याराग्याइडिङ र जिपलाइन सञ्चालन गर्ने आगामी योजना रहेको सोक्लाश्वरी विकास समाजका अध्यक्ष पाख्रिनले जानकारी दिए ।
पर्यटन विकास समाजले २०७८ देखि सोक्ला भ्यालीको चरा पर्यावरण, प्रकृतिसँगै संस्कृति, पर्यटन प्रवर्द्धन, पर्यटकीय पूर्वाधार विकासमा रचनात्मक कार्यहरू गर्दै आइरहेको छ ।
समाजले यसअघि जापानीज नागरिकहरूको हिकारी सङ गिफ्ट कार्यक्रम, फ्रान्सको दूतावासको सहयोगमा रक क्लाइम्ङि हाइङिक गरेका थिए । यसपछि समाजले साहसिक गन्तव्यको रुपमा सोक्ला भ्यालीलाई प्रवर्द्धन गर्ने क्रममा रक क्लाइम्बिङ परियोजना सञ्चालन गर्दै आइरहेको छ ।
समाजका अध्यक्ष पाख्रिनले सोक्ला भ्यालीमा साहसिक गन्तव्यको विभिन्न सम्भावना भएको बताए । यहाँ बन्जिजम्प, जीपलाइन, साइक्लिङ, चराका प्रजाति अध्ययन केन्द्र, मरेङ खोलामा क्यानोनिङ, सिंगटीदेखि सोक्ला भ्यालीसम्म र्याफ्टिङजस्ता सम्भावना भएको पाख्रिनको भनाइ छ ।
सदरमुकाम चरिकोटबाट आठ किलोमिटर दुरीमा रहेको सोक्ला गाउँ धार्मिक एवं सांस्कृतिकरूपमा समेत महत्वपूर्ण रहेको छ ।
सोक्ला गाउँ विशेषगरी कृषि पर्यटनसँगै, पर्यापर्यटन, साहसिक पर्यटन, चरा पर्यापर्यटन, गौरिशंकर शृंखलाको दृश्य हेर्ने गन्तव्य र धार्मिक अध्ययन अनुसन्धानका लागि यो क्षेत्र प्रसिद्ध छ ।
रक क्लाइम्बिङ उद्घाटन समारोहमा स्थानीय झाँकि, ताम्बा, झाँक्री, मारुनीसँगै पञ्चै बाजाको समेत प्रस्तुती रहेको थियो ।