नेपाललाई पर्यटनको हब बनाउने घोषणा, सम्भाव्यता अध्ययन गरेर मात्रै विमानस्थल निर्माण

काठमाडौं । सरकारले नेपाललाई योग तथा ध्यान पर्यटनको केन्द्र बनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै यस्तो बताएका हुन् । 

उनले पर्यटनलाई रोजगारी र समृद्धिको आधारका रूपमा विकास गर्ने बताएका हुन् । उनले अब सम्भाव्यताको आधारमा मात्र विमानस्थल बनाउने घोषणा समेत राष्ट्रपतिले गरे ।

यस्तै, उनले रेल तथा जल यातायात विकास गरी ढुवानी लागत घटाउने घोषणा गरेका छन् । अत्यावश्यक वस्तु तथा सेवा आपूर्ति सहज बनाउन भण्डारण क्षमता, मूल्य निर्धारण र गुणस्तर नियन्त्रणमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।


 

Share News