काठमाडौं । डिजिटल बैंक स्थापना गरिने भएको छ । पछिल्लो समय सूचना प्रविधिको विकास र विस्तारसँगै सरकारले डिजिटल बैंक स्थापना गर्ने रणनीति अघि सारेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सूचना प्रविधि पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गरिने बताए । साथै नीतिगत तथा कानुनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गरिने उनको भनाइ छ ।
उनका अनुसार बैंक तथा वित्तीय क्षेत्रमा रहेको गैर बैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिनेछ । दोस्रो वित्तीय क्षेत्र विकास रणनीतिलाई लागू गरिनेछ ।
उनले धितोपत्र बोर्ड सुदृढिकरण तथा स्टक एक्सचेञ्ज पुनर्संरचना गरी पुँजी बजारको क्षमता एवं पारदर्शीता वृद्धि गरिने बताए ।
सूचना प्रविधि पूर्वाधार विस्तार गरी डिजिट अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गरिनेछ । साथै नीतिगत तथा कानुनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गरिनेछ ।