काठमाडौं । नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।
श्वेतपत्र सार्वजनिक गर्दै उनले आयात शून्य गर्न नसकिने अवस्था नरहेको धारणा राखे । उनले अहिलेकै आयोजनाबाट अगाडि बढ्दा आयात शून्य गर्न नसकिने बताए । उनले विद्युत खपत दर बढाउनका लागि ठूलो काम गर्नुपर्ने धारणा राखे ।
यस्तै, विभिन्न निर्माण कार्यको बाँकी भुक्तानीको लागि जगेडा नरहेको हुँदा १० अर्ब रुपैयाँसम्म अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढेको श्वेतपत्रमा उल्लेख छ ।