काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्थाको पक्षमा बोल्नु लोकतन्त्रको विरोधी नभएको स्पष्ट गरेका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजसंस्था र प्रजातन्त्र एकआपसको विकल्प नभएको बताए ।
अध्यक्ष लिङदेनले राजसंस्थाको पक्षमा बोल्दैमा प्रजातन्त्रको विरोधी भन्नु गलत रहेको र यसलाई राजनीतिक दलहरूले भ्रमित भाष्य निर्माण गर्न नदिन आग्रह गरे । उनले भने, 'राजसंस्था र प्रजातन्त्र एकअर्काका विरोधी होइनन् ।'
साथै, उनले लोकतन्त्रको वकालत गर्दैमा कोही लोकतन्त्रवादी नभएको जिकिर गर्दै भने, 'लोकतन्त्रको डङ्का पिटेर मात्र लोकतन्त्रवादी हुँदैन। व्यावहारिक रूपमा निरंकुश चरित्र अपनाउने व्यक्ति लोकतन्त्रको पक्षमा हुन सक्दैन ।'
अध्यक्ष लिङदेनले प्रमुख राजनीतिक दलहरूप्रति प्रश्न गर्दै भने, 'राजसंस्थाको पक्षमा वकालत गर्ने दलहरू कसरी लोकतन्त्रवादी होलान्, जब उनीहरू आफैं निरंकुश व्यवहार गर्छन् ?'
अन्त्यमा, उनले आगामी बजेटलाई वर्तमान अर्थतन्त्रको अवस्था अनुसार ल्याउनुपर्ने आवश्यकता पनि व्यक्त गरे ।