बढ्यो सेयर बजार, ७ अर्ब बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ अंकले बढेर २६५८ बिन्दुमा पुगेको छ ।

आजको दिन ८३ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १६१ कम्पनीको मूल्य घटेको छ  । एक कम्पनीको मूल्य स्थिर रह्यो ।

बिहीबार ३०८ कम्पनीका १ करोड ९७ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

सर्वाधिक कारोबार न्यादी ग्रुपको भएको छ जसको कारोबार ७० करोड रुपैयाँभन्दा बढीकाे काराेबार भएकाे छ । त्यस्तै राधी विद्युत कम्पनीको ५७ करोड, एनआरएन इन्फ्रास्ट्रक्चरको ५२ करोड, युनिर्भसल पावरको ४७ करोड, र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको २८ करोड रुपैयाँ बढीको कारोबार भएको छ।

Share News