युट्युबबाट एकै महिना ८ लाखभन्दा धेरै कमाउँछिन् यी हजुरआमा

काठमाडौं । ७४ वर्षीया सुमन धामनेले यो प्रमाणित गरिदिएकी छन् कि नयाँ कुरा सुरु गर्न कुनै उमेरको सीमा हुँदैन । आफ्ना नातिको सहयोगमा उनले ’आपली आजी’ नामक युट्युब च्यानल सुरु गरिन् । 

अहिले उनका १७.९ लाख सब्सक्राइबर छन् र उनी हरेक महिनामा करिब साढे ८ लाखसम्म कमाइरहेकी छन् । सुमन आफ्नो च्यानलमा परम्परागत महाराष्ट्रीयन परिकार बनाउने गर्छिन् । 

२०२० मा सुरु युट्युब च्यानल सुरु

सुमन धामने महाराष्ट्रको अहमदनगर नजिकको सरोला कासार गाउँकी हुन् । उनले मार्च २०२० मा युट्युब च्यानल सुरु गरिन् । यो आइडिया उनको १७ वर्षीय नाति यशको थियो । उनले हजुरआमाई पाव भाजी बनाउन भने र त्यहीबाट सुरु भयो उनको युट्युब यात्रा । 

सुरुवात सजिलो थिएन- उनी क्यामेराको अगाडि आउन डराउँथिन्, प्रविधिमा कठिनाइ भोगिन्, एकपटक च्यानल नै ह्याक भयो । तर उनले हार मानिनन् । आफ्ना रमाइला र नयाँ भिडियोमार्फत दर्शकहरूलाई जोडिरहिन् । उनका परिकारहरूले दर्शकको मन छोए । अन्ततः युट्युबले उनलाई सिल्वर प्ले बटन प्रदान ग¥यो ।

पकाउने कला संसारलाई देखाइन्

आज सुमन धामने हरेक हप्ता धेरै भिडियो बनाउँछिन् । उनले इन्टरनेट र सामाजिक सञ्जालबारे धेरै कुरा सिकेकी छन् । डिजिटल दुनियाँमा उनको प्रवेश परिवारको सहयोगकै परिणाम हो । यशले उनलाई युट्युब च्यानल सुरु गर्न सहयोग गरे र प्रविधिका कुरा सिकाए । सुमनले यो नयाँ यात्रा आत्मसात गरिन् र आफ्नो पकाउने सीप तथा परम्परागत महाराष्ट्रीयन रेसिपीहरूलाई विश्वसँग बाँडिन् ।

सबैलाई मन पर्यो उनकै शैली

'आपली आजी' च्यानल छिट्टै चर्चित बन्यो । यसको कारण थियो सुमन धामनेको सरलपन, माया भरिएको बोली र परम्परागत खाना बनाउने शैली । उनले घरेलु मसलाहरू प्रयोग गरेर बनाएका परिकारहरूले दर्शकलाई वास्तविक र पोषिलो खाना कस्तो हुन्छ भन्ने सम्झाए । पाव भाजी, करेलाको तरकारी, पारम्परिक मिठाइहरूजस्ता स्वादिला रेसिपीहरूले उनीलाई मन जिताउने हजुरआमा बनाइदियो ।

उमेरले अर्थ राख्दैन

आज सुमन धामने केवल युट्युब स्टार होइनन्-  उनी प्रेरणाको स्रोत हुन् । उनले प्रमाणित गरिन् कि सफलताका लागि उमेर बाधक हुँदैन । च्यानलको सफलताले उनलाई व्यावसायीक अवसरहरू पनि दिलाएको छ । उनले आफ्ना परम्परागत मसलाहरू पनि बेच्न थालिसकेकी छन् । 

उनको कथा हामी सबैलाई सिकाउँछ- परिवर्तनलाई स्वीकार गर्नुपर्छ, परिवारको साथ अमूल्य हुन्छ र डिजिटल दुनियाँमा अनगिन्ती सम्भावना छन् । उनको सफलताले देखाउँछ- शिक्षा होस् या पहुँच, सबैभन्दा महत्त्वपूर्ण कुरा हो दृढ इच्छाशक्ति ।

Share News