काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ९ अंकले घटेर २६८८ विन्दुमा झरेको छ । बजार ओरालो लागे पनि कुल ८ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारमा ३१९ कम्पनीको २ करोड कित्ता सेयर किनबेच भएको छ । ८६ कम्पनीको मूल्य बढ्दा १६० कम्पनीको घटेको छ भने १ कम्पनीको मूल्य यथावत् छ ।
सबैभन्दा धेरै कारोबार न्यादी ग्रुपको भएको छ, जसको कारोबार ४४ करोड रुपैयाँभन्दा बढी पुगेको छ । त्यसपछिका धेरै कारोबार गर्ने कम्पनीहरूमा हिमालयन पावरको ४० करोड, हिमालयन रिइन्स्योरेन्सको ३६ करोड, नेपाल रिइन्स्योरेन्सको ३५ करोड र राधी विद्युतको ३५ करोड रुपैयाँ रहेका छन् ।
आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले र क्रेस्ट माइक्रो लाइफको ९.९८ प्रतिशतले वृद्धि भएको हो ।