आन्दोलनले काठमाडौंको यातायात प्रभावित, बानेश्वर-माइतीघर सडक ठप्प

काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरूको प्रदर्शनका कारण काठमाडौंको प्रमुख सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ ।

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलनले काठमाडौंको माइतीघर–बबरमहल–नयाँ बानेश्वर सडक क्षेत्रमा दैनिकजसो सवारी अवरुद्ध हुन थालेको छ । शिक्षकहरू २१ दिनदेखि निरन्तर माइतीघरदेखि बानेश्वरसम्मको सडकमा धर्ना र प्रदर्शन गर्दै आइरहेका छन् ।

शिक्षकहरूले मुख्य सडक बन्द गराएपछि तीनकुनेदेखि माइतीघर क्षेत्रसम्म सार्वजनिक तथा निजी सवारी साधन चल्न नसक्ने अवस्था बनेको छ । बानेश्वर–माइतीघर सडक पूर्णरूपमा अवरुद्ध भएपछि ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको छ ।

आन्दोलनको असर राजधानीका अन्य भागमा पनि विस्तार हुँदै गएको छ । प्रदर्शनका कारण स्थानीय बासिन्दा र यात्रुहरूले लामो समयसम्म सवारी साधन कुर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

Share News