राजावादी आन्दोलनका कमान्डर प्रसाईंमाथि हत्यासहित ५ कसुरमा बयान सुरु

काठमाडौं । राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंको बयान लिन सुरु भएको छ । जिल्ला सरकारी वकिल कार्यालय बबरमहलमा उनको बयान लिन सुरु गरिएको हो ।

प्रसाईंविरुद्ध ज्यानसम्बन्धी कसुरको कर्तव्य ज्यानको कसुरमा समेत अनुसन्धान गरेर बयान लिन सुरु गरिएको हो । 

बयान सोमबारबाटै लिन सुरु गरिएको थियो । समय अभावका कारण थोरैमात्र बयान लिइएको प्रहरीले जनाएको छ । 

राजावादी प्रदर्शनमा सुरक्षाकर्मीलाई मार्ने नियतले गाडीले पेल्दै अघि बढेको भन्दै सुरक्षाकर्मीले उनीविरुद्ध ज्यान मार्ने उद्योगको जाहेरी दिएका थिए । 

राजावादी आन्दोलनमा पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो ।

घटनापश्चात फरार रहेका प्रसाईंलाई भारतबाट पक्राउ गरिएको थियो । हाल उनी हिरासतमा छन् ।
 

Share News