काठमाडौं । काठमाडौंको सेतोपुल नजिकैको सडकबाट सोमबार दिउँसो एक स्कुटर धोबिखोलामा खसेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराका अनुसार स्कुटरमा सवार चालकको अवस्था सामान्य रहेको छ । 'स्कुटर खसेको खबर पाएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुग्यो,' उनले भने ।
धोबिखोलाको किनारमा अवस्थित सडक सुरक्षा उपाय नहुँदा यसअघि पनि पटकपटक गाडी खस्ने घटनाहरू दोहोरिएको छ।