काठमाडौं । सन् २०२५ को मार्च महिनामा १ लाख २१ हजार ८ सय विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या हवाइमार्ग भएर आएका पर्यटकको हो ।
बोर्डको विवरणमा वर्षको पहिलो ३ महिनामा २ लाख ९८ हजार पर्यटक नेपाल भित्रिएका थिए । जनवरीमा ७९ हजार ९ सय र फेब्रुअरीमा ९६ हजार ८ सय पर्यटक नेपाल आएका थिए ।
मार्च महिनामा सबैभन्दा धेरै भारतबाट २१ हजार ४१२ पर्यटक नेपाल आएका थिए । यस्तै, चीनबाट ११ हजार ४४३ र अमेरिकाबाट ११ हजार ९२ जना अमेरिकी आएका बोर्डको विवरणमा उल्लेख छ ।
श्रीलङ्काबाट ८ हजार ८८६ र बेलायतबाट ५ हजार ९९५ जना आएका छन् । मार्चमा दक्षिण एसियाली मुलुकका मात्रै ३५ हजार २८७ पर्यटक आएका छन् ।