सिद्धार्थ केवलकारले सेयरधनी हातेमालो कार्यक्रम सञ्चालन गर्ने, १.५० अर्बको लगानीमुलक कम्पनी खोल्ने

<p>काठमाडौं । सिद्धार्थ केवलकारले सेयरधनी हातेमालो कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्पनीको फागुन २२ गते बसेको संचालक समितिको बैठकले चैत १९ गते दिउँसो १ बजे रुपन्देहीमा वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभाबाट सेयरधनी हातेमालो कार्यक्रम सञ्चालन प्रस्ताव पारित गर्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ केवलकारले सेयरधनी हातेमालो कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्पनीको फागुन २२ गते बसेको संचालक समितिको बैठकले चैत १९ गते दिउँसो १ बजे रुपन्देहीमा वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभाबाट सेयरधनी हातेमालो कार्यक्रम सञ्चालन प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्नेछ ।

कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी वृद्धि सहित कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संसोधन गर्ने, कम्पनीले प्रभु केवलकार एण्ड टुरिजमसहित प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी, प्रभु होल्डिङ्गस एण्ड हाइड्रो डेभलपमेण्ट कम्पनी र हाइड्रो होल्डिङ्गस एण्ड पावर डेभलपमेण्ट कम्पनीसँग गरेको सम्झौतालाई नियमावलीम समावेश गरि कार्यान्वयन गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीका सेयरधनीहरूलाई कम्पनीको चुक्ता पुँजी १२ अर्ब ७५ करोड रुपैयाँको आधारमा कायम भएको सेयर लगतको सेयर संख्याको आधारमा १ बराबर १.७५ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्नेछ । कम्पनीको चुक्ता पुँजी भन्दा बढी धितो राखी वा नराखी बैंक ऋण लिने, कम्पनीको मातहतमा १ अर्ब ५० करोड रुपैयाँको चुक्ता पुँजी रहने गरी लगानी मुलक कम्पनी स्थापना गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, नियामकीय परिवर्तन गर्नुपर्ने भए सञ्चालक समितिलाई अख्तियारी र साधारण सभासम्म सञ्चालक समितिबाट भएका सबै कार्य अनुमोदन गर्नेछ ।

Share News