काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा चढेको विमान कोलकत्ता डाइभर्ट भएको बुझिएको छ । काठमाडौंको आकाशमा खराब मौसमका कारण काठमाडौंमा ल्याण्ड हुन नसकेपछि जहाज भारतको कोलकत्ता डाइभर्ट भएको हो ।
कतार एयरलाइन्समार्फत् दोहाबाट आइरहेको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड हुने प्रयास गरेपनि सम्भव नभएपछि डाइभर्ट भएको हो । जेनेभामा राष्ट्रसंघको बैठकबाट राणा स्वदेश फर्कदै थिइन् ।