बैंकको भन्दा बढी कमाइ, पर्यटनमा तहल्का पिट्दै ओशो वर्ल्ड ट्राभल

<p>&nbsp; काठमाडौं । पर्यटन क्षेत्रले एउटा लय समातेको देखिएको छ । कोरोना महाकारीका कारण सुस्त बनेको पर्यटन क्षेत्र पछिल्लो समय भने चलायनमा भइरहेको विभिन्न कम्पनीको व्यवसाय वृद्धिले देखिएको छ । काठमाडौंको ठमेलमा रहेको ओशो वल्र्ड ट्राभलले हालै सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले सन्तोषजनक आम्दानी गरेको छ । विगतका वर्षहरुको तुलनामा यस कम्पनीको आम्दानी बढ्दै गइरहेको [&hellip;]</p>

 

काठमाडौं । पर्यटन क्षेत्रले एउटा लय समातेको देखिएको छ । कोरोना महाकारीका कारण सुस्त बनेको पर्यटन क्षेत्र पछिल्लो समय भने चलायनमा भइरहेको विभिन्न कम्पनीको व्यवसाय वृद्धिले देखिएको छ ।

काठमाडौंको ठमेलमा रहेको ओशो वल्र्ड ट्राभलले हालै सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले सन्तोषजनक आम्दानी गरेको छ । विगतका वर्षहरुको तुलनामा यस कम्पनीको आम्दानी बढ्दै गइरहेको छ । पछिल्लो पाँच वर्षको अवधिमा यस कम्पनीको सञ्चालन आम्दानी २२९ प्रतिशतले वृद्धि भएको छ ।

यस कम्पनीले सन् २०२४ मा ९ अर्ब ६६ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन सन् २०२० को तुलनामा २२९ प्रतिशत बढी हो । सन् २०२० मा यस कम्पनीले कुल २ अर्ब ९३ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

यस्तै, यस कम्पनीले सन् २०२३ मा ७ अर्ब ८७ करोड ९० करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २०२३ को तुलनामा सन् २०२४ मा २२.८३ प्रतिशतले आम्दानी बढेको देखिएको छ । यस्तै, सन् २०२२ मा ५ अर्ब ११ करोड ४० लाखर सन् २०२१ मा १ अर्ब २२ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन आम्दानी वाणिज्य बैंकको भन्दा पनि बढी हो । पछिल्लो समय वाणिज्य बैंकको सञ्चालन आम्दानी पनि औसतमा २÷३ अर्ब रुपैयाँ मात्रै हुने गरेको छ ।

आम्दानी बढेपनि यस कम्पनीको नाफा अनुापत भने केही घटेको देखिन्छ । पछिल्लो समय व्यावसायिक प्रतिस्पर्धाको कारण सञ्चालन नाफामा विगतको तुलनामा केही कमी आएको कम्पनीको धारणा छ । विभिन्न नीतिगत परिवर्तन, मौसमी उतारचढाव, आर्थिक मन्दी, कोरोना महामारी जस्ता संकट, भू–राजनीतिक जोखिम लगायत कारणले कम्पनीको व्यवसायमा प्रभाव परेको कम्पनीको दाबी छ ।

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार यस कम्पनीले एक अर्ब २५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । यस कम्पनीले अन्तर्राष्ट्रि हवाइ टिकेटिङको काम गर्दै आएको छ भने टुर प्याकेज बिक्री तथा होटल सञ्चालन गरेर राम्रो आम्दानी गरिरहेको छ ।

विदेशी पर्यटकलाई नेपाल भित्र्याउनका लागि पनि यस कम्पनीले भूमिका खेल्दै आएको छ भने उनीहरुले चाहेको टुर प्याकेज तथा सेवासुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

यस कम्पनीको नेतृत्व श्यामराज थपलियाले गर्दै आएका छन् । यस कम्पनीमा उनको ९० प्रतिशत सेयर स्वामित्व छ । सन् १९९२ बाट सञ्चालित यो कम्पनी ट्राभल कम्पनीमा एउटा परिचित नाम हो ।

नेपालको पर्यटन सम्भावना, सरकारको पर्यटन दशक घोषणा र सरकारको पर्यटनमैत्री नीतिगत व्यवस्थाले आगामी दिनमा थप व्यवसाय विस्तार हुन सक्ने अपेक्षा कम्पनीको छ ।

Share News