ललितपुर महानगरभित्र निर्माण भएका भवनको अभिलेखीकरण अनिवार्य गर्नुपर्ने

<p>काठमाडौं । ललितपुर महानगरपालिकाले नगरभित्रका स्वीकृत नक्सामा हेरफेर परिवर्तन वा थपघट गरी निर्माण भएका संरचनाको नियमित/अभिलेखीकरण गर्ने भएको छ । महानगरले सूचना जारी गरी भवन नियमित/अभिलेखीकरण ऐन २०८१’ अनुसार निर्माण भएका संरचनाको नियमित/अभिलेखीकरण गर्ने जनाएको हो । महानगरका अनुसार २०८१ फागुन ११ गतेदेखि तीन महिना अर्थात २०८२ जेठ ७ गते कार्यालय समयभित्रमा उक्त ऐन, भवन [&hellip;]</p>

काठमाडौं । ललितपुर महानगरपालिकाले नगरभित्रका स्वीकृत नक्सामा हेरफेर परिवर्तन वा थपघट गरी निर्माण भएका संरचनाको नियमित/अभिलेखीकरण गर्ने भएको छ ।

महानगरले सूचना जारी गरी भवन नियमित/अभिलेखीकरण ऐन २०८१’ अनुसार निर्माण भएका संरचनाको नियमित/अभिलेखीकरण गर्ने जनाएको हो ।

महानगरका अनुसार २०८१ फागुन ११ गतेदेखि तीन महिना अर्थात २०८२ जेठ ७ गते कार्यालय समयभित्रमा उक्त ऐन, भवन निर्माण मापदण्ड तथा राष्ट्रिय भवन संहिता बमोजिम निर्माढा भएका वा सो मा हेरफेर गरी निर्माण भएका संरचनाको नियमित अभिलेखीकरण गर्नुपर्ने छ ।

नियमित/अभिलेखीकरणका लागि विभिन्न कागजात संलग्न गरी हार्डकपी एक सेटसहित विद्युतीय माध्यम प्रणालीमार्फत निवेदन पेश गर्नुपर्ने छ ।

नियमित/अभिलेखीकरणका लागि जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत/घरजग्गा कर तिरेको रसिदको प्रतिलिपि, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, कित्ता नम्बर स्पष्ट भएको नापीको प्रमाणित नक्सा, जग्गाको साइट प्लान, भवनको सबै तलाको साइट प्लानलगायत काजगात पेश गर्नुपर्ने महानगरले जनाएको छ ।

संस्थागत भवनको हकमा उद्योग दर्ता प्रमाणपत्र, कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि, प्रबन्धपत्र तथा नियमालीको प्रतिलिपि, महानगरपालिकामा व्यवसाय दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि र संस्थाको निर्णय प्रतिलिपि पेश गर्नुपर्ने हुन्छ ।

Share News