निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्दै काठमाडौं महानगरपालिका

<p>काठमाडौं । महानगरपालिकाले निःशुल्क व्यावसायीक सीपमूलक तालिमको आयोजना गर्ने भएको छ । महानगरले सामाजिक विकास विभागद्वारा आर्थिक वर्ष २०८१/८२ को ‘रोजगारी र आयवृद्धि, काठमाडौंको समृद्धि’ योजनाअन्र्तगत निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्न लागेको हो । जसअन्र्तगत महानगरपालिकाले काष्ठकला, मूर्तिकला र हस्तकलासम्बन्धी तीन महिना अवधिको तालिम सञ्चालन गर्दै छ । न्यूनतम ८ कक्षा पास गरेका १८ देखि [&hellip;]</p>

काठमाडौं । महानगरपालिकाले निःशुल्क व्यावसायीक सीपमूलक तालिमको आयोजना गर्ने भएको छ ।

महानगरले सामाजिक विकास विभागद्वारा आर्थिक वर्ष २०८१/८२ को ‘रोजगारी र आयवृद्धि, काठमाडौंको समृद्धि’ योजनाअन्र्तगत निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्न लागेको हो ।

जसअन्र्तगत महानगरपालिकाले काष्ठकला, मूर्तिकला र हस्तकलासम्बन्धी तीन महिना अवधिको तालिम सञ्चालन गर्दै छ ।

न्यूनतम ८ कक्षा पास गरेका १८ देखि ४५ वर्ष उमेर समूहका नागरिकले तालिमको लागि आवेदन दिन सक्ने महानगरले जनाएको छ । इच्छुक नेपाली नागरिकले फागुन ११ गतेसम्म आवेदन दिन सकिने छ ।

आवेदन दिनेहरूमध्ये छनोटमा परेका ६० जनाले तालिममा सहभागी हुन पाउने महानगरका सामाजिक विकास विभागका विभागीय प्रमुख समीक्षा निरौलाले बताइन् ।

उनका अनुसार छनोट प्रक्रिया महानगरपालिकाको प्राथामिकता श्रेणीअनुसार हुने छ।

Share News