हेटौंडा उपमहानगरले नगरभित्र फोहोर संकलन नगर्ने

<p>काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रभित्र फोहर संकलन रोकेको छ । उपमहानगरपालिकाले बिहीबार सार्वजनिक सूचना नै जारी गरेर फोहर संकलन रोक्ने जनाएको हो । उच्च अदालत पाटन हेटौंडा इजलासले माघ २२ गते हेटौंडा- १० राप्ती खोला तटमा बनाइएको डम्पिङ साइटमा फोहोर नफाल्न र हेटौंडा उपमहानगरको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि उपमहानगरले फोहोर संकलन नगर्ने [&hellip;]</p>

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रभित्र फोहर संकलन रोकेको छ । उपमहानगरपालिकाले बिहीबार सार्वजनिक सूचना नै जारी गरेर फोहर संकलन रोक्ने जनाएको हो ।

उच्च अदालत पाटन हेटौंडा इजलासले माघ २२ गते हेटौंडा- १० राप्ती खोला तटमा बनाइएको डम्पिङ साइटमा फोहोर नफाल्न र हेटौंडा उपमहानगरको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि उपमहानगरले फोहोर संकलन नगर्ने निर्णय गरेको जनाएको छ ।

अर्को आदेश वा व्यवथा नभएसम्मको लागि उपमहानगरपालिकाले फोहोरको संकलन र व्यवस्थान कार्य स्थगित भएको हो ।

Share News