
काठमाडौं । सिद्धार्थ हस्पिटालिटी २७औं वर्षमा प्रवेश गरेको छ ।
नेपालको चेन हस्पिटालिटीमा अग्रणी सिद्धार्थ सन् १९९८ मा कैलालीको टीकापुरमा सामान्य होटलबाट सुरु भएको थियो । हाल यस कम्पनी देशभर फैलिएको छ ।
सिद्धार्थ हस्पिटालिटीले २७औं वार्षिकोत्सवकाे अवसरमा २०३० सम्म स्वदेश तथा विदेशमा गरी कम्तीमा ५८ वटा साना तथा ठूला आउटलेट सञ्चालन गर्ने योजना बनाएको जनाएकाे छ ।
कम्पनीले उक्त योजनालाई ‘भिजन २०३०’ नाम दिएकाे छ ।
उत्कृष्ट सेवा प्रदान गरेकाे भन्दै दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)बाट दुई पटक कम्पनी सम्मानित भएकाे छ ।
साथै कर्णाली प्रदेश सरकारबाट पनि उत्कृष्ट एचआर प्राक्टिस (मानव संसाधन अभ्यास) अवार्ड प्राप्त गरेको थियो ।
साथै सिद्धार्थले ब्याचलर इन हस्पिटालिटीमा अध्ययनरत विद्यार्थीलाई सीप सिक्दै पढ्दै अभियान सुरु गरेको छ ।
सिद्धार्थले धनगढीमा पाँचतारे होटलकाे याेजना अगाडि सारेकाे छ । यसअन्तर्गतका विभिन्न आउटलेटमा २ हजार ५०० भन्दा बढी प्रत्यक्ष कर्मचारी कार्यरत छन् ।
सिद्धार्थ भिलासा कम्पनीकाे पाँचतारे होटल हाे । यसैगरी, सिद्धार्थ वैभव चारतारे र सिद्धार्थ बाटिका तीनतारे होटल सञ्चालनमा आएकाे छ ।
सिद्धार्थ हस्पिटालिटीले ‘क्यान्सरविरुद्धको खाना’ अभियान मंगलबारदेखि सुरु गरेको छ । विश्व क्यान्सर दिवसका अवसरमा यो अभियान सुरु गरिएको हाे ।
सिद्धार्थ हस्पिटालिटीका अनुसार खानामार्फत क्यान्सर रोगविरुद्ध लड्न जागरुकता जगाउनका लागि ‘विशेष स्वस्थकर मेनु’को तयार गरिनेछ ।
अभियानअन्तर्गत नै सिद्धार्थ हस्पिटालिटीअन्तर्गतका होटल तथा रेष्टुरेन्टका डाइनिङ टेबलमा पोषण खानासम्बन्धी जानकारी दिने कार्डहरू राखिने जनाइएकाे छ ।