होटललाई उद्योगको मान्यता स्वागतयोग्य

<p>काठमाडौं । होटल संघ नेपालले संघको ४९औं वार्षिक साधारणसभाले नेपाल सरकारले जारी गरेको ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ ले ‘तारे स्तरको होटल तथा पर्यापर्यटन रिसोर्ट’लाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग’मा सूचीकृत गरेकोमा स्वागत गरेको छ । दशकौं अघिदेखि होटललाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको मान्यता प्राप्त [&hellip;]</p>

काठमाडौं । होटल संघ नेपालले संघको ४९औं वार्षिक साधारणसभाले नेपाल सरकारले जारी गरेको ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ ले ‘तारे स्तरको होटल तथा पर्यापर्यटन रिसोर्ट’लाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग’मा सूचीकृत गरेकोमा स्वागत गरेको छ ।

दशकौं अघिदेखि होटललाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको मान्यता प्राप्त गर्नका लागि संघले गरेको अथक प्रयास र पहल सम्बोधन भएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, संघको ४९औं वार्षिक साधारणसभाले होटल संघ नेपालको विधानलाई संशोधन गरी सातै प्रदेश र सतहत्तरै जिल्लामा संघको सक्रिय उपस्थिति सहित सेवा प्रवाहको प्रभावकारिताको लागि संघीय संरचनामा लैजाने प्रस्ताव पनि पारित गरेको छ ।

सोही अवसरमा होटल संघ नेपालले सत्कार दिवस २०२५ को पनि आयोजना गरेको थियो ।

Share News