आज पनि अमेरिकी डलरले बनायो नयाँ रेकर्ड, अन्य मुद्राको भाउ घट्यो

<p>काठमाडौं । नयाँ वर्ष २०२५ को दोस्रो दिन पनि अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । निरन्तर उकालो लाग्दै आएको डलरको भाउ आज थप नयाँ उचाइमा पुगेको हो । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३६.७४ रुपैयाँ र बिक्रीदर १३७.३४ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । यसअघि गत [&hellip;]</p>

काठमाडौं । नयाँ वर्ष २०२५ को दोस्रो दिन पनि अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । निरन्तर उकालो लाग्दै आएको डलरको भाउ आज थप नयाँ उचाइमा पुगेको हो । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३६.७४ रुपैयाँ र बिक्रीदर १३७.३४ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । यसअघि गत हिजो पुस १७ गते खरिदर १३६.६९ रुपैयाँ र बिक्रीदर १३७.२९ रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो ।

आज युरोपियन यूरोको एकको खरिदर १४१.५३ रुपैयाँ र बिक्रीदर १४२.१५ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१.२५ रुपैयाँ र बिक्रीदर १७२.०० रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५०.७० रुपैयाँ र बिक्रीदर १५१.३६ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८४.६२ रुपैयाँ र बिक्रीदर ८४.९९ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.०७ रुपैयाँ र बिक्रीदर ९५.४९ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.१६ रुपैयाँ र बिक्रीदर १००.६० रुपैयाँ, जापानी येन १० को खरिददर ८.७२ रुपैयाँ र बिक्रीदर ८.७६ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.७३ रुपैयाँ र बिक्रीदर १८.८१ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.४० रुपैयाँ र बिक्रीदर ३६.५६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.५१ रुपैयाँ र बिक्रीदर ३७.६७ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९९ रुपैयाँ र बिक्रीदर ४.०० रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.२३ रुपैयाँ र बिक्रीदर ३७.३९ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.५८ रुपैयाँ र बिक्रीदर ३०.७१ रुपैयाँ तोकेको छ ।

यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.२५ रुपैयाँ र बिक्रीदर ९.२९ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३५ रुपैयाँ र बिक्रीदर १२.४० रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १८.९९ रुपैयाँ र बिक्रीदर १९.०७ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.६० रुपैयाँ र बिक्रीदर १७.६८ रुपैयाँ तोकेको छ ।

यस्तै, कुवेती दिनार एकको खरिददर ४४३.६० रुपैयाँ र बिक्रीदर ४४५.५५ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६२.७२ रुपैयाँ र बिक्रीदर ३६४.३१ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५५.६३ रुपैयाँ र बिक्रीदर ३५७.१९ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Share News