पाँच महिनामा काठमाडौं वडा १० को आम्दानी १० करोड ५७ लाख, घरबहाल करमात्रै ६ करोड बढी

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं १० ले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा १० करोड ५७ लाख ४५ हजार ८७२ रुपैयाँ राजश्व संकलन गरको छ । वडासचिव सुवोध खड्काका अनुसार आयतर्फ सबैभन्दा धेरै घर बहालकरतर्फ ६ करोड ३० लाख ३७ हजार ४४४ रुपैयाँ राजश्व संकलन भएको छ । दोस्रोमा सम्पत्ति करतर्फ २ करोड १६ लाख [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं १० ले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा १० करोड ५७ लाख ४५ हजार ८७२ रुपैयाँ राजश्व संकलन गरको छ ।

वडासचिव सुवोध खड्काका अनुसार आयतर्फ सबैभन्दा धेरै घर बहालकरतर्फ ६ करोड ३० लाख ३७ हजार ४४४ रुपैयाँ राजश्व संकलन भएको छ ।

दोस्रोमा सम्पत्ति करतर्फ २ करोड १६ लाख ४६ हजार ६२६ रुपैयाँ र तेस्रोमा व्यवसाय रजिष्ट्रेसन दस्तुर १ करोड ५७ लाख ८९ हजार ९६० रुपैयाँ संकलन भएको छ ।

चालु आर्थिक वर्षका लागि वडाका ८२ वटा कार्यक्रम स्वीकृत छन् । जसअन्तर्गत सडक कालोपत्रे गर्ने, ब्लक छाप्ने, मर्मत गर्ने, मंगाल सफा गर्ने, ढकन खरिद गर्ने, सोलार राख्ने, ओपन ट्रस राख्ने, सिसिटिभी क्यामरा जडान तथा मर्मत गर्ने, पर्खालमा रङ्गरोगन गर्ने, मन्दिर, ढुङ्गेधाराजस्ता सम्पदा क्षेत्रको संरक्षण गर्ने, नदी सफाइ, प्रवेश द्वार निर्माण, बत्ती जडान गर्ने, सूचना प्रविधिका कार्यक्रमको परामर्श सेवा लगायत कार्यक्रम छन् ।

वडा अध्यक्ष राजकुमार केसीले चालु आवमा १५ करोड रुपैयाँ खर्च गर्न सक्ने बताए । उनले भने, ‘चालु आर्थिक वर्षमा वडाले करिब १५ करोड रुपैयाँ खर्च गर्न सक्छ ।’

‘पूँजीगत खर्चमा हामी लक्ष्यमा पुग्छौं । त्यसका लागि अहिले थालिएका काम सकिए मात्र पनि पुग्छ, ’ वडा अध्यक्ष केसीले थपे ।

वडाले अहिलेसम्ममा, जात्रा पर्व सञ्चालन, स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन, सामुदायिक विद्यालयको शैक्षिक सुधार, लक्षित वर्गलाई सीपमूलक तालिम, ज्येष्ठ नागरिक लक्षित कार्यक्रम, सरसफाइ, खेलकुदका सामग्री खरिद र हस्तान्तरण कार्यक्रम, नृत्य र संगीत प्रशिक्षण, स्वास्थ्य र शिक्षा सचेतना कार्यक्रम, लागुऔषध नियन्त्रण तालिम, महामारी रोकथाम र नियन्त्रण कार्यक्रम, सामाजिक विकास सचेतनामूलक कार्यक्रम, युवा उद्यमशीलजस्ता कार्यक्रम सञ्चालन गरेको छ ।

Share News