काठमाडौं महानगरमा ‘महिला सञ्जाल सञ्चालन कार्यविधि, २०७९’ कार्यान्वयन

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘लिङ्गका आधारमा हुने हिंसा न्यूनीकरणका लागि &#8216;महिला सञ्जाल सञ्चालन कार्यविधि २०७९&#8217; कार्यान्वयनमा ल्याएको छ । हिंसा, शोषण, दमन भेदभाव तथा अन्य कारणले अन्यायमा परेका महानगरमा बस्ने महिलाहरुमा छिटो न्यायको पहुँच पुर्&#x200d;याउन महिला सञ्जाल गठन गरिएको महानगरले जनाएको छ । हिंसाजन्य घटनामा परेर उपचार, प्रशासनिक कारवाही प्रक्रिया, कानुनी सहायताजस्ता सहयोग, अस्पतालको एकै [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘लिङ्गका आधारमा हुने हिंसा न्यूनीकरणका लागि ‘महिला सञ्जाल सञ्चालन कार्यविधि २०७९’ कार्यान्वयनमा ल्याएको छ ।

हिंसा, शोषण, दमन भेदभाव तथा अन्य कारणले अन्यायमा परेका महानगरमा बस्ने महिलाहरुमा छिटो न्यायको पहुँच पुर्‍याउन महिला सञ्जाल गठन गरिएको महानगरले जनाएको छ ।

हिंसाजन्य घटनामा परेर उपचार, प्रशासनिक कारवाही प्रक्रिया, कानुनी सहायताजस्ता सहयोग, अस्पतालको एकै ठाउँ उपलब्ध गराउने सेवा नै ओसीएमसी हो ।

काठमाडौंका ५ वटा अस्पतालमा यस्ता केन्द्र छन् । केन्द्रहरूमा मानसिक, शारीरिक, यौनजन्य हिंसा, बलात्कारलगायत आर्थिक सामाजिक कारणबाट सिर्जित समस्याबाट पीडित भएका तथा घटनाबाट प्रभावित भएका महिला, बालबालिका र पुरुषहरू आउने गरेका छन् ।

उनीहरूका लागि स्वास्थ्य तथा चिकित्सा सेवा, मनोसामाजिक परामर्श, सुरक्षित घर तथा आवास सेवा, कानुनी सहयोग र जीविकोपार्जन सेवा प्रदान गर्ने गरिन्छ ।

छलफलका क्रममा सञ्जालका संयोजक तथा सदस्यहरूले वडागत अवस्थाका विषयमा जानकारी गराएका थिए ।

वडामा सञ्चालन भएका मेलमिलाप केन्द्रहरूमा मेलमिलापकर्ताबाट मेलमिलाप गराउने महानगरले जनाएको छ ।

सञ्जालले गरेका काम कारवाहीको उपप्रमुखबाट अनुगमन र सुपरीवेक्षण हुने व्यवस्था छ ।

Share News